
कविराज घिमिरे/ईमेज:
धनकुटा । बाँसबाट निर्मित कलात्मक सामग्रीको बिक्रीबाट धनकुटामा वार्षिक ठूलो रकम भित्रिने गरेको छ ।
कलात्मक सामग्री निर्माण गरी एउटै बाँसबाट ३ हजार रुपैयासम्म आम्दानी हुने गरेको छ ।
बाँसजन्य सामग्री विक्रीबाट जिल्लामा वार्षिक ८० लाख भन्दा बढी भित्रिने गरेको तथ्यांक छ ।
गाउँ घर, खोला खोल्सीमा अलपत्र बन्ने गरेका बाँसलाई खेर गएका बाँसबाट कलात्मक सामाग्री बनाएर धनकुटाका उद्यमीहरुले मनग्य आम्दानी लिन थालेका छन् ।
बासको भाटा चोया प्रयोग गरी बिभिन्न प्रकारको सामाग्री निर्माण हुने गरेका छन् ।
उनीहरुले कोठामा सजाउनेदेखि दैनिक जीबनमा प्रयोग हुने डोका, डाला, चाल्नी, ढाकी जस्ता ४० प्रकारका सामाग्रीहरु बनाउँछन् ।
त्यस्तै बाँसको जरावाट समेत बिभिन्न कालात्मक आकृति निर्माण हुने गरेको छ ।
एउटा बाँसवाट बिभिन्न कलात्मक सामाग्री निर्माण गर्दा १५ सयदेखि ३ हजार सय रुपैयाँसम्म आम्दानी गर्न सकिने स्थानीय उद्यमी निल कुमार राई बताउँछन् ।
जिल्लामा घरेलु तथा साना उद्योग बिकास समिति मुख्य शाखा कार्यालयमा दर्ता भइ १५ उद्योग सञ्चालनमा रहेका छन् ।
त्यस्तै दर्ता नभएका १०० बढी उद्योग दर्ता सामग्री निर्माण गरिरहेका छन् ।
जसबाट ६ सय भन्दा बढिले यसै वाट रोजगारी पाएका छन् । वाँसजन्य सामाग्री बिक्रिवाट जिल्लामा बार्षिक ८० लाख रुपैया भन्दा बढि रमक भित्रने गरेको जिल्लामा घरेलु तथा साना उद्योग बिकास समिति मुख्य शाखा कार्यलय धनकुटाका प्रमुख दिपक पौडेलले जानकारी दिए ।
यता धनकुटामा यस प्रति उद्यमीको आकर्षण बढ्दै गए पछि घरेलु तथा साना उद्योग विकास समितिले बर्षेनी उद्यमीहरुलाई निशुल्क तालिमको व्यवस्था र बजार प्रबर्दनको लागि मेला प्रर्दशनीमा सहभागिताको लागि पहल गरिदिने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्