२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


भीमफेदीमा टाटासुमो दुर्घटना, दुईजनाको अवस्था गम्भीर


0
Shares

भीमफेदी इलाका प्रहरी कार्यालयकाअनुसार भीमफेदी गाउँपालिका–६ चिसापानी गढीमा टाटासुमो सडकबाट १०० मिटर तल झरेको थियो ।

चालक सागर खड्का र अगाडिको सिटमा सवार रुपा चौलागाइँको अवस्था गम्भीर रहेको भीमफेदी स्वास्थ्य केन्द्रका चिकित्सक अमरदीप मण्डलले बताए ।

काठमाडौंबाट आइरहेको अर्को सुमोलाई बाटो छोड्नेक्रममा दुर्घटना हुन गएको सुमोमा सवार विदुर धिमालले बताइन् । सुमोमा ८ जना यात्री रहेको प्रहरीले जनाएको छ ।

अन्य घाइते हुनेहरुमा किन्दा दाहाल, सिर्जना चौलागाइँ, राजकुमार घलान, जीवन शाह, प्रकृति मानन्धर र विदुर धिमाल रहेको र उनीहरूलाई उपचारका लागि हेटौंडा ल्याइएको प्रहरी सहायक निरीक्षक बोधप्रसाद यादवले जानकारी दिए । रासस