Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गर्नेविरुद्ध जाहेरी


0
Shares

काठमाडौं, पुस ३ । निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानका क्रममा प्रमाण नष्ट गर्ने र निर्दोषहरुलाई यातना दिने विरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी परेको छ ।

प्रमाण नष्ट गर्नेविरुद्ध सार्वजनिक न्यायविरुद्ध कसुर र प्रहरीले मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरिएका दिलीप विष्टलाई यातना दिनेविरुद्ध यातना कसुरमा सोमबार जाहेरी पेस भएको हो ।

सार्वजनिक न्यायविरुद्धको कसुरमा निर्मलाकी आमा दुर्गादेवी र यातनासम्बन्धी कसुरमा दिलीप विष्टका दाइ खडक विष्टले जाहेरी दिएका हुन् ।

दुर्गादेवीले बर्खास्तमा परेका तत्कालिन एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्ट, निलम्बितहरु डिएसपी अंगुर जिसी, ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षक एकिन्द्र खड्का, सई हरिसिंह धामी, प्रहरी सहायक निरीक्षक रामसिंह धामी र हवल्दार चाँदनी साउदका नाममा जाहेरी दिएकी हुन् । –कान्तिपुर दैनिकबाट