केहीदिन यता न्यूनतम तापक्रम घट्न थालेको छ ।
बिहीबार बिहान काठमाडौंमा तापक्रम ३.६ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज पश्चिमी क्षेत्रको मौसम सामान्यतः बदली हुने र अन्य स्थानको मौसम आंशिक बदली हुने पनि महाशाखाले जनाएको छ । काठमाडौंमा पनि आज आंशिक बदली हुने जनाइएको छ ।
आज अधिकतम् तापक्रम १८ देखि २० डिग्री सेल्सियसबीच रहने पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्