२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


एनएमबी बैंकको नयाँ योजना सार्वजनिक


0
Shares

काठमाडौं, पुस २ । एनएमबी बैंकले लघुवित्तमा आधारित ‘एनएमबी सहुलियतपूर्ण कर्जा’ योजना सार्वजनिक गरेको छ ।

बैंकले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी ‘एनएमबी सहुलियतपूर्ण कर्जा’ योजनामा लघुवित्तमा आधारित ८ प्रकारका व्यवसायलाई लक्षित ७ प्रकारका कर्जाहरु बिनाधितो प्रदान गरिने जनाएको छ ।

उक्त कर्जाहरु ७ प्रतिशतसम्मको ब्याजदरमा बैंकले उपलब्ध गराउने प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बताए ।

बैंकले ब्याज अनुदानअन्तर्गत् एनएमबी व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा, दलित समुदाय व्यवसाय विकास कर्जा, उच्च र प्राविधिक तथा व्यावसायिक कर्जा, भूकम्पपीडितहरुको निजी आवास निर्माण कर्जा र महिला उद्यमशीलता कर्जा रहेको बैंकले जनाएको छ ।

बैंकले अग्रणी महिला कृषि कर्जा पनि सन्चालनमा ल्याएको जनाएको छ ।