Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


भूकम्प प्रतिरोधी विद्यालय धमाधम निर्माण (भिडियो)


0
Shares

सोलुखुम्बुका विद्यालय भवन निर्माणमा शिक्षा क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाले ठूलो सहयोग गरिरहेका छन् । पाँच वर्षमा पुनःनिर्माण गरिसक्ने सरकारी लक्ष्यलाई सहयोग पुग्नेगरी गैरसरकारी संस्था हिमालयन ट्रष्टले दुई वर्षमा १५ वटा विद्यालयमा भूकम्प प्रतिरोधी ७० कोठा निर्माण गरेको छ ।

भूकम्पपछि तत्कालै २७ वटा विद्यालयमा अस्थायी सिकाई केन्द्र निर्माण गरी पठनपाठन सुचारु गर्न सहयोग गरेको हिमालयन ट्रष्टले दुई वर्षभित्र विद्यालयको पुनर्निर्माण सम्पन्न गरेको हिमालयन ट्रष्ट नेपालका अध्यक्ष पासाङदावा शेर्पाले बताए ।

ट्रष्टले भूकम्प प्रतिरोधी नमूना भवन बनाएर नेपाल सरकारको लक्ष्य पूरा गर्र्न ठूलो सहयोग गरेको बताउँछन् सोलुखुम्बुका जिल्ला शिक्षा अधिकारी डिकबहादुुर राई ।

नेपाल सरकार तथा जिल्ला शिक्षा कार्यालयसँग समन्वय गरी शहरी विकास तथा भवन निर्माण विभागबाट स्विकृत नक्साका आधारमा शतप्रतिशत भूकम्प प्रतिरोधी भवन पुनर्निर्माण गरिएको हिमालय ट्रष्टका जिल्ला प्राविधिक संयोजक आङ रिन्जी शेर्पा बताउँछन् ।

विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्