
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रानीपोखरी पुनर्निर्माणमा भइरहेको विवादमाथि काठमाडौं महानगरपालिकालाई यस्तो निर्देशन दिएको हो ।
२०७२ बैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त रानीपोखरी पुनर्निर्माणमा महानगरका मेयर र उपमेयरबीचमै विवाद चर्किएपछि काम नै रोकिएको थियो ।
ऐतिहासिकता नमेटिने गरी पुनर्निर्माण गरिनुपर्ने पक्षमा उपमेयर हरिप्रभा खड्गी रहेकी छिन् भने आधुनिक संरचनासहित बनाउनुपर्नेमा मेयर विद्यासुन्दर शाक्य उभिएपछि विवाद बढेको हो । रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर पुनर्निर्माणमा पनि यसअघि सिमेन्ट र रड प्रयोग गरी पिल्लर उठाएर बनाउन थालेपछि यस्ते विवाद भएको थियो ।
विवाद बढेपछि अहिले पुरातत्व विभाग आफैंले पुरानै शैलीमा निर्माण गराइरहेको छ । पोखरीबाट पानी चुहिने भएकाले रोक्न भन्दै कंक्रिट प्रयोग गरी संरचना बनाउन थालिएपछि सर्वत्र विरोध र आलोचना भएको थियो ।
पुरातत्व विभागले पनि कंक्रिट प्रयोग गर्नेगरी बनाउन महानगरपालिकालाई स्वीकृति नदिइएको स्पष्ट पारेपछि सरकारले परम्परागत रुपमै बनाउन काठमाडौं महानगरपालिकालाई निर्देशन दिएको हो ।
प्रतिक्रिया दिनुहोस्