
भूकम्प मापन केन्द्र सुर्खेतका कार्यालय प्रमुख रत्नमणि गुप्ताकाअनुसार बिहीबार दिउँसो १ बजेर ३० मिनेटमा बैतडी र दार्चुलाको सीमा क्षेत्र गोकुलेश्वरबाट ३० किलोमिटर उत्तर केन्द्रविन्दु भएर ४.५ म्याग्निच्यूडको भूकम्प गएको हो ।
भूकम्पको धक्का महसुस गरिएपनि अहिलेसम्म क्षतिको कुनै विवरण भने प्राप्त नभएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्