Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


कांग्रेस बैठक सर्‍यो


0
Shares

काठमाडौं, पुस २ । विधानसम्बन्धी विवाद टुंगो लगाउन बोलाइएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार साँझसम्मका लागि सारिएको छ ।

सोमबार केन्द्रीय समितिको बैठकअघि विवाद टुंगो लगाउन पदाधिकारी र विधान संशोधन मस्यौदा समितिको संयुक्त बैठक बसेको थियो ।

तर, पार्टी पदाधिकारी चयनको प्रक्रियाबारे सहमति जुट्न नसकेपछि केन्द्रीय समिति बैठक सोमबारै साँझ बस्नेगरी स्थगित गरिएको हो ।

प्रवक्ता विश्वप्रकाश शर्माले विधानमा सहमति जुटाउन थप समय आवश्यक परेकाले बैठक स्थगित गरिएको जानकारी दिए ।

केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले केन्द्रीय समितिमा टुंगो लाग्न नसके महासमिति बैठकबाटै विधानको टुंगो लाग्ने बताए ।

नेपाली कांग्रेसको प्रस्तावित संशोधित विधान मस्यौदामा पार्टी पदाधिकारी चयन प्रक्रियाबारे सहमति जुट्न नसक्दा महासमिति बैठकमा पार्टीको विधान प्रस्तुत् हुन सकेको छैन ।