
तुलसीपुर उपमहानगरपालिका–१ छोटेका ६४ वर्षीया रिसमी महतराले ६४ वर्षीय पति चन्द्रबहादुर महतराको दाहिने हातका चार औंला काटी पोलेर खाएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
पतिले जाँडरक्सी खाएर सधैं कुटपिट गर्ने गरेका कारण औंला पोलेर खाएको रिसमीले बयान दिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।
आरोपितको बयानमा विश्वस्त हुन नसकेर घरमा औंला खोज्न गए पनि नभेटिएपछि पोलेरै खाएको निष्कर्षमा पुगेको बताइएको छ ।
रिसमीलाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएको छ ।
औंला काटिएपछि गम्भीर घाइते भएका पतिलाई राप्ती अञ्चल अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालजञ्ज पठाइएको प्रहरीले जनाएको छ । –राजधानी दैनिकबाट
प्रतिक्रिया दिनुहोस्