२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


राष्ट्रिय झण्डासहित इम्बोस्ड नम्बर प्लेट जारी (भिडियो)


0
Shares

नम्बर प्लेटमा प्रदेशको नाम नम्बर भने खुलाउने भएको छ ।

विभागले गत भदौ ५ गतेबाट सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न शुरु गरेको हो । विभागले इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपी प्रयोग नगरेको र संघीयता कार्यान्वयन हुँदा पनि पुरानै अञ्चलको आधारमा जारी गरेको भन्दै विरोध भएको थियो । तर, विभागले सार्क सदस्य राष्ट्र र भिबिआईएन अर्थात् भूटान, बंगलादेश, भारत र नेपाल समूहको सदस्य रहेको तथा चिनियाँ विकास अवधारणा ‘वान बेल्ट वान रोड’ अर्थात् ओभिओआर अनुमोदन गरिसकेको कारण ती देशमा पनि नेपाली सवारी साधन जान सक्ने भएकाले पहिचानका लागि अंग्रेजी भाषा नै प्रयोग गरिएको जनाएको छ ।

अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नै अंग्रेजी भाषामा नम्बर प्लेट लेखिएको भए पनि नेपालको पहिचान दिन नम्बर प्लेटमा राष्ट्रिय झण्डा भने राखिएको विभागको विभागका प्रवक्ता टोकराज पाण्डेको भनाइ छ ।

तत्कालिन संसद्को विकास समितिले मुलुक संघीयतामा गइसकेको भन्दै अञ्चलको सट्टा प्रदेश नम्बर राख्न निर्देशन दिएपछि विभागले प्रदेश नम्बर राखेको हो । साविकको बाग्मती भएकाको सट्टा प्रदेश ३ लाई अंग्रेजीमा ‘कतबतभ घ’ राखिएको छ । अन्य प्रदेशमा पनि यसरी नै राखिनेछ । एम्बोस्ड नम्बरको प्रयोगपछि हालको सवारीको नम्बरसमेत परिवर्तन गरी बिलबुकको आधारमा नयाँ नम्बर प्राप्त हुने विभागले जनाएको छ ।

लट प्रणालीका आधारमा नम्बर दिइने विभागको भनाइ छ ।

कसरी सुरु हुँदैछ इम्बोस्ड ? भिडियो हेर्नुहोस्