Logo ८ असार २०८३, सोमबार | Tue Jun 23 2026


राजा वीरेन्द्रको ७३औं जन्मजयन्ती मनाइयो


13
Shares

शुक्रबार योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषदले जावलाखेलमा रहेको राजा वीरेन्द्रको शालिकमा माल्यार्पण गरेर उनको जन्मजयन्ती मनाएको हो ।

वि.सं २००२ साल पुस १४ गते जन्मिएका राजा वीरेन्द्रको २०५८ जेठ १९ गते नारायणहिटी राजदरबारभित्रै हत्या गरिएको थियो ।

उक्त हत्याकान्डमा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन र अधिराजकुमारी श्रुति पनि मारिएका थिए ।

स्व. राजा वीरेन्द्र विकास र जनप्रेमी राजाकारुपमा चिनिन्छन् ।