
काठमाडौंका मुख्य बजार असन, न्यूरोडलगायतका पसलहरुमा न्यानो कपडा किन्नेको भीड लाग्ने गरेको छ ।
उपत्यकाका अधिकांश कपडा पसलमा अहिले ज्याकेट, स्वेटरलगायतका न्यानो लुगाकै दबदबा रहेको छ । सडककिनार होस वा सपिङमलमा यस्तै लुगा नै बिक्रीका लागि राख्ने गरिएको छ ।
सस्तादेखि ब्रान्डेड कम्पनीहरुका महँगा लुगाहरु बजारमा उपलब्ध छन् । बजारमा लुगा किन्नेहरुको बाक्लै उपस्थिति पनि देखिन्छ । तर, व्यापारीहरु भने गत वर्षभन्दा जाडोका लुगाको मूल्य बढेको र उपभोक्ता घटेको दाबी गर्दछन् ।
सामान्यतः अन्य समयभन्दा जाडोयाममा यस्ता लुगाको मूल्य १५ देखि २० प्रतिशतले वृद्धि हुने गरेको छ । लगाउने लुगामात्रै नभइ ओढ्ने सिरक तथा ब्ल्यांकेटहरुको पनि राम्रै व्यापार हुने गरेको पाइन्छ ।
यस्तै, नयाँ–नयाँ डिजाइनका कपडाहरु बजारमा आउने भएकाले पनि चहलपहल हुने गरेको हो । तर, उपभोक्ता भने बजार भाउ छोइनसक्नु रहेको बताउँछन् ।









प्रतिक्रिया दिनुहोस्