छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको मृत्यु • Image Khabar Image Khabar


छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको मृत्यु


Imagekhabar
१४ पुष २०७४, शुक्रबार २०:११

छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको मृत्यु

कमल गाउँपालिका–५ का हेमराज कार्कीको घरको सेफ्टी टयांकी बनाउने क्रममा इँटाले लागेर गम्भीर घाइते भएका भारतीय मजदूर राजानन्द सरदारको उपचारका क्रममा दमकको लाइफलाइन अस्पतालमा मुत्यु भएको इप्रकाका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए ।

त्यस्तै, शुक्रबार अपराह्न पाडाजुँगी–गौरादह सडकखन्डमा ट्याक्टरको ठक्करबाट नगरपालिका–१ का २८ वर्षीय भानु थापाको मृत्यु भएको छ ।

मे८प ४०८७ नम्बरको मोटरसाइकलमा सवार थापालाई गौरादहबाट उत्तरतर्फ आइरहेको मे १ त ४५०१ नम्बरको ट्रयाक्टरले ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते थापालाई उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, बारा जिल्लाको कलैया उपमहानगरपालिका– १० मटिअर्वास्थित नेपाल राष्ट्रिय मावि अगाडि जीप चलाउन सिक्ने क्रममा स्थानीयवासी दिनेश साहले चलाएको जीपले ठक्कर दिँदा स्थानीयवासी सुरज साहको घटनास्थलमै मृत्यु भएको छ ।

ठक्कर दिने जीप र जीपका चालक कलैया नगरपालिका–६ का मोहन गुप्तालाई नियन्त्रणमा लिइएको बारा प्रहरी प्रवक्ता भुनेश्वर साहले बताए । रासस

प्रतिक्रिया दिनुहोस्