साढे तीन किलोमिटर क्षेत्रमा रहेका होटल तथा रेस्टुरेन्टहरुले सडकमै सेवा दिइरहेका छन् ।
रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराले आयोजना गरेको महोत्सव अंग्रेजी नयाँवर्षको गन्तव्य बन्दै गएको पर्यटन व्यवसायी बलराम पहारीले बताए ।
महोत्सवमा जापान, चीन, कोरिया, भारतका साँस्कृतिक कार्यक्रमहरु मुख्य आकर्षणकारुपमा रहेका छन् ।
‘अफ सिजन’मा पनि पर्यटक भित्र्याउन पोखरा सडक महोत्सव सफल बन्दै आएको रेवान पोखराले जनाएको छ ।
महोत्सव यही पुस १७ गतेसम्म चल्नेछ ।









प्रतिक्रिया दिनुहोस्