आर्थिक समृद्धिका लागि सबैको समन्वय आवश्यक : ओली • Image Khabar Image Khabar


आर्थिक समृद्धिका लागि सबैको समन्वय आवश्यक : ओली


Imagekhabar
१४ पुष २०७४, शुक्रबार २०:३७

आर्थिक समृद्धिका लागि सबैको समन्वय आवश्यक : ओली

नेपाल पर्वतारोहण संघको २७औं वार्षिक साधारणसभाको शुक्रबार राजधानीमा उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री ओलीले आर्थिक समृद्धिका लागि सबैको समन्वय आवश्यक रहेको बताए ।

स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने नीति लिइने भन्दै उनले राज्यले प्रभावकारी नियमन भने गर्नुपर्ने बताए ।

निजी क्षेत्रको विकासका लागि सरकारले सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्नेमा नेपाली कांग्रेसका नेता एवं पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले दिए ।

यस्तै, नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाले अनुमतिपत्र नवीकरणका लागि सरकारले बाटो सहज बनाउनुपर्नेमा जोड दिए ।

पर्वतारोहीलाई आरोहणपछि सर्टिफिकेटको व्यवस्था, वृद्धावस्थामा पेन्सनको व्यवस्था गरिनुपर्नेलगायतका माग अध्यक्ष लामा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्