अखबारको कार्यालयमा गोली प्रहार, पाँच जनाको मृत्यु • Image Khabar Image Khabar


अखबारको कार्यालयमा गोली प्रहार, पाँच जनाको मृत्यु


Imagekhabar
१४ असार २०७५, बिहीबार २०:४८

अखबारको कार्यालयमा गोली प्रहार, पाँच जनाको मृत्यु

वासिंटन, असार १५ । अमेरिकाको मेरिल्याण्डमा गोली हानी पाँच जनाको हत्या गरिएको छ ।

स्थानीय पत्रिका क्यापिटल गजेटको कार्यालयमा गरिएको गोली प्रहारमा अरु केही ब्यक्ति घाइते पनि भएका छन् ।

गोली प्रहार गरेको आशंकामा एक जनालाई हिरासतमा लिइएको प्रहरीले जनाएको छ । करिब ५० वर्षीय स्थानीयलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको हो । 

आक्रमणका समयमा थुप्रै मानिस कार्यालयमै रहेको जनाइएको छ । मेरिल्याण्डको अन्नापोलिसमा रहेको क्यापिटल गजेट बाल्टीमोर सन मीडिया समूहसँग सम्बन्धित रहेको बताइएको छ । (एजेन्सी) 

प्रतिक्रिया दिनुहोस्