पाँचथर अस्पताल ५० शैयाको बनाउने गरी भवन निर्माण सुरु • Image Khabar Image Khabar


पाँचथर अस्पताल ५० शैयाको बनाउने गरी भवन निर्माण सुरु


Imagekhabar
१५ पुष २०७४, शनिबार १३:३५

पाँचथर अस्पताल ५० शैयाको बनाउने गरी भवन निर्माण सुरु

हाल १५ शैयाको जिल्ला अस्पताललाई ५० शैयाको बनाउने गरी भवन निर्माण थालिएको हो । भवन निर्माणसँगै जिल्लाबासीमा खुसियाली छाएको छ ।

४ हजार ५ सय वर्गमिटर क्षेत्रफलमा निर्माण हुने भवनको ठेक्का अनक हिरातन जेभीले पाएको छ ।

निर्माण कम्पनीका प्रमुख गोपाल बस्नेतले २ वर्षमा निर्माण सक्नुपर्ने भए पनि त्यसअघि नै सक्ने गरी काम सुरु गरेको जानकारी दिए ।

भवन निर्माण भएपछि गाइनो, मेडिसिन, सर्जरी, नाक, कान, हाडजोर्नी विशेषज्ञ गरी ८ जना डाक्टरको दरबन्दी रहने जिल्ला अस्पताल पाँचथरका डाक्टर पवनकुमार शाहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्