
अन्नबालीको बीउ–बिजन जोगाउन यो वर्ष तनहुँका किसानलाई ३ लाख ७५ हजार रुपैयाँ बराबरको सिडविन वितरण गरिएको हो ।
कृषि विकास रणनीति तथा समन्वय कार्यक्रममार्फत् तनहुँका १० ओटै स्थानीय तहका १५० जना किसानले उक्त भन्डारण सामग्री पाएका हुन् ।
मुसा, घुन र विभिन्न प्रकारका किराले अन्नबालीको बीउ–विजनको गुणस्तरमा ह्रास आउन नदिन सिडविन वितरण गरिएको कार्यालयका प्राविधिक सहायक विश्वराज वाग्लेले जानकारी दिए ।
सिडविन पाएपछि किसान खुसी भएका छन् । एउटा सिडविनमा १९६ केजी बीउ–विजन राख्न सकिनेछ ।
प्रतिक्रिया दिनुहोस्