
साताको सेयर बजार परिसूचक नेप्से पहिलो दिनको तुलनामा ५२ अंकले घटेर १४ सय १४ विन्दुमा आइपुग्यो । गत साता पनि नेप्से ३७ अंकले ओर्लिएको थियो ।
यो साता कारोबार परिमाणमा भने सामान्य वृद्धि आयो ।
यो साता १७४ कम्पनीका ५७ लाख २५ हजार कित्ता सेयर २ अर्ब ६८ करोड रुपैयाँ बराबरमा खरिद–बिक्री भए ।
गत साता १७७ कम्पनीका ५७ लाख ११ हजार कित्ता सेयर २ अर्ब ५७ करोड बराबरमा किनबेच भएको थियो ।
कारोबार रकम गत साताकोभन्दा करिब ४ प्रतिशतले बढी रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्