
साताभर सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार तोलाको ५४ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन शुक्रबारसम्म आइपुग्दा तोलामा ८०० रुपैयाँले बढेर तोलाको ५५ हजार ७०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
सोमबार स्थीर रहेको सुनको मूल्य मंगलबारदेखि शुक्रबारसम्म निरन्तर बढेको थियो ।
चाँदीको मूल्य पनि पहिलो दिनको तुलनामा तोलामा १५ रुपैयाँले बढेर शुक्रबार तोलाको ७४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्