
वर्ल्ड क्राफ्ट काउन्सिलको साधारणसभा सन् २०१८ अगस्टमा नेपालमा आयोजना हुन लागेको छ ।
नेपाल हस्तकला महासंघको राजधानीमा सम्पन्न ३७औं वार्षिक साधारणसभामा ललितपुरलाई क्राफ्ट सिटी बनाउन प्रस्ताव गरिएको जनाइएको हो ।
ललितपुरलाई क्राफ्ट सिटी बनाउने महासंघको प्रस्तावमा प्रतिवेदन दिन काउन्सिलले माग गरेअनुसार ललितपुर महानगरपालिका र महासंघले प्रतिवेदन तयार गरिरहेको महासंघका अध्यक्ष धर्मराज शाक्यले बताए ।
प्रतिवेदनलाई संयुक्तरुपमा पेस गर्ने योजना रहेको उनले उल्लेख गरे ।
महासंघको मागप्रति वाणिज्य मन्त्रालय पनि सकारात्मक रहेको वाणिज्य मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले बताए ।
उनले महासंघले गर्ने हस्तकलासम्बन्धी मेलाहरुलाई अन्तर्राष्ट्रियस्तरको बनाउन गृहकार्य भइरहेको पनि बताए ।
नेपाली हस्तकलाका सामग्री वार्षिक ६ अर्ब रुपैयाँ बराबरको निर्यात भइरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्