आइतबार पूँजीबजारमा उच्च गिरावट • Image Khabar Image Khabar


आइतबार पूँजीबजारमा उच्च गिरावट


Imagekhabar
१६ पुष २०७४, आईतवार १९:२४

आइतबार पूँजीबजारमा उच्च गिरावट

यसदिन नेप्से २४ अंकले ओर्लिएर १३९० बिन्दुमा आइपुगेको हो । यसदिन होटल समूहबाहेक अरु कारोबार भएका सबै समूहमा गिरावट आएसँगै दोहोरो अंकले झरेको हो ।

बीमा समूह सबैभन्दा उच्च ८३ अंकले झर्‍यो भने टेलिकम सूचीकृत अन्य समूह पनि ५५ अंकले ओर्लियो । होटल समूह भने करिब ५ अंकले मात्र सकारात्मक रह्यो ।

यसदिन १५८ कम्पनीको १८ लाख कित्ता शेयर ५८ करोड ७८ लाख रुपैयाँ बराबरमा खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्