निर्माणाधीन होटलमा २ जना मजदुर मृत फेला • Image Khabar Image Khabar


निर्माणाधीन होटलमा २ जना मजदुर मृत फेला


Imagekhabar
१६ पुष २०७४, आईतवार १९:५८

निर्माणाधीन होटलमा २ जना मजदुर मृत फेला

होटेलको निर्माणाधीन भवनको एक कोठामा दुईजना मृत र एकजना घाइते अवस्थामा फेला परेको कास्कीका प्रहरी प्रवक्ता खड्गबहादुर खत्रीले जानकारी दिए ।

घाइतेको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ भने मृतककको शव परीक्षणका लागि पश्चिमान्चल क्षेत्रीय अस्पतालमा लगिएको छ ।

निर्माण कार्यमा मजदुरी गर्दै आएका व्यक्ति शनिबार राति सुतेको कोठामा नै मृत अवस्थामा देखिएपछि अन्य कामदारले आइतबार दिउँसो ४ बजे प्रहरीमा खबर गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्