फूलबारी रिसोर्टलाई कर छुट दिन मिल्दैन : सर्वोच्च अदालत « Image Khabar


फूलबारी रिसोर्टलाई कर छुट दिन मिल्दैन : सर्वोच्च अदालत


Imagekhabar
१६ पुष २०७४, आईतवार २०:०९

प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश बमकुमार श्रेष्ठको संयुक्त इजलासले आइतबार राज्यलाई बुझाउनुपर्ने मूल्य अभिवृद्धिकर र राजश्व करमा छुट दिन नसकिने फैसला सुुनाएको हो ।

सो रिसोर्टका सन्चालक पियुषबहादुर अमात्यले द्वन्द्वकालमा आफूले होटल सन्चालन गरेको हुँदा सरकारले मूल्य अभिवृद्धिकर र राजश्व करमा छुट दिनुपर्ने माग गर्दै २०७३ साल मंसिर २१ गते रिट निवेदन दायर गरेका थिए ।

अदालतले आइतबार सो रिट निवेदन खारेज गर्दै कर छुट नदिने फैसला सुनाएको हो । आदेशअनुसार रिसोर्ट सन्चालक अमात्यले क्यासिनो र होटल सन्चालन गरेबापत रोयल्टीको बक्यौता रकम साँवा, ब्याज र त्यसको हर्जानासहित सरकारलाई रु तीन अर्बभन्दा बढी रकम सरकारलाई बुझाउनुपर्ने हुन्छ । रासस

प्रतिक्रिया दिनुहोस्