
अफ सिजनमा पनि पर्यटक भित्र्याउने उद्देश्यसहित होटल एसोसिएसन भेडेटारले अंग्रेजी नयाँ वर्ष २०१८ लाई लक्षित गरी महोत्सव आयोजना गर्दै आएको छ ।
पर्यटकीयस्थल भेडेटारमा २०६८ सालदेखि नियमित रुपमा खाना महोत्सव हुँदै आइरहेको छ । महोत्सवमा स्थानीय खानाका परिकार, स्थानीय अर्गानिक खेतीबाट उत्पादित तरकारी तथा फलफुलको प्रदर्शनी, हस्तकला, कृषि तथा घरेलु सामाग्रीहरु प्रर्दशनी मुख्य आकर्षण रहेका छन् ।
महोत्सवमा ३० हजार आन्तरिक तथा बाह्य पर्यटक आउने र १ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको होटल एसोसिएसन भेडेटारका अध्यक्ष लिलाराज लावतीले जनाए ।
प्रतिक्रिया दिनुहोस्