१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


बैतडीमा जीप दुर्घटना, चालक बेपत्ता


0
Shares

मुस्याचौर बजारवाट सतबाँझतर्फ गईरहेको ना १ ज ३१६८ नम्बरको जीप आइतबार साँझ साढे ७ बजे बल्लेजुणामा दुर्घटनामा परेको हो ।

जीप दुर्घटनामा परेपछि जीप चालक सुर्नया गाउँपालिका २ का दिपेन्द्र चन्द बेपत्ता भएका प्रहरीले जनाएको छ ।

सडकबाट २०० मिटर तल खसेको जीपका कतिजना यात्रु सवार थिए भन्ने खुलेको छैन । प्रहरीको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।