
सर्लाही, पुस १ । गत वर्षको उखुको भुक्तानी बाँकी नै रहेका बेला सर्लाहीका किसान यस वर्ष स्थानीय क्रसर उद्योगलाई उखु बेच्न थालेका छन् ।
एक त उखु बेच्न चलान लिन महाभारत, अर्को तिर भुक्तानी लिन बर्षौं कुर्नुपर्ने बाध्यताका कारण क्रसर उद्योगलाई उखु बेच्न बाध्य भएका हुन् । पुस लाग्दासम्म पनि चिनी मिल खुल्ने टुङ्गो नलागेको, चिनी मिल खुले पनि भुक्तानीको समस्याले आजित बनेका सर्लाहीका उखु किसान आफ्नो उत्पादन क्रसर उद्योगमा बिक्री गर्न थालेका हुन् ।
चिनी मिलले गत वर्षकै भुत्तानी नदिएकाले क्रसर उद्योगमा उखु बेच्न थालेको किसान बताउँछन् ।
चिनी मिल कहिले खुल्ने पत्तो नभएको र अन्य बाली लगाउन पनि नपाएका कारण आधा मूल्य घटाएरै भए पनि क्रसर उद्योगमा उखु बेच्न बाध्य भएको किसानले बताए । उखु किसानले प्रति क्वीन्टल ३ सय रुपैयाँसम्ममा क्रसरलाई उखु बेचेका छन् ।
उखुको मूल्य ग्यारेन्टी हुने वातावरण बनाउन सकेमात्रै किसान ढुक्क हुन सक्ने उनीहरु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्