नदी किनारामा रहेका ढुंगा र गिटी संकलन गरेर स्थानीय तहले बिक्री वितरण नगर्दा दुरुपयोग हुँदै गएको छ । स्थानीयबासिन्दाले नदीजन्य पदार्थ संकलन गरेर बिक्रीवितरण गरिरहेका छन् ।
तर राज्यले त्यसको करसमेत लिन सकेको छैन । स्थानीय तह र सम्बन्धित सरकारी निकायले त्यस्ता वस्तुको व्यवस्थापन गर्न नसक्दा कमला, मरिण र चदाहा नदी किनाराका बहुमूल्य ढुंगा, बालुवा र रोडाको दुरुपयोग हुने क्रम बढ्दै गएको छ ।
यहाँको ढुंगा, बालुवा र रोडा मध्यपूर्वी क्षेत्रकै गुणस्तरीय प्राकृतिक कच्चा पदार्थ मानिँदै आएको छ ।









प्रतिक्रिया दिनुहोस्