२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


दमौलीमा बस र कार ठोक्किदा तीन घाइते, एकजनाको अवस्था गम्भीर


0
Shares

पोखराबाट सुनौली जाँदै गरेको ना६ख ७२११ नम्बरको बस र डुम्रेबाट पोखरा जाँदै गरेको बा९च ४४४३ नम्बरको कार एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

उक्त दुर्घटनामा गम्भिर घाइते भएकी पैदलयात्री व्यास १३ बिनिकोट निवासी हरिमाया आलेलाई अपोलो अस्पतालमा सामान्य उपचारपछि पोखराको गण्डकी अस्पतालमा रिफर गरिएको छ ।

त्यस्तै व्यास–१४, बेलबास बस्ने ९ वर्षीय गुराँस आलेलाई पनि सामान्य उपचारपछि पोखरा पठाइएको छ । कारमा सवार धादिङ घर भएका श्यामप्रसाद रेग्मी भने रत्नहरी अस्पतालमा उपचारपछि डिस्चार्ज भएका छन् ।

बस र कार प्रहरी नियन्त्रणमा रहेको र कारका चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।