नयाँ वर्षको सुरुमै दिए उत्तर कोरियाली शासकले चेतावनी « Image Khabar


नयाँ वर्षको सुरुमै दिए उत्तर कोरियाली शासकले चेतावनी


Imagekhabar
१७ पुष २०७४, सोमबार १०:२८

उनले अमेरिकाको सम्पूर्ण भूभाग उत्तर कोरियाली क्षेप्यास्त्रको निशानामा रहेको प्रष्ट पार्दै आफ्ना सबै क्षेप्यास्त्रको ‘स्वीच’ आफ्नै टेबलमा रहेको बताएका छन् । आफूले जहिलो चाह्यो, त्यसैबेला ती क्षेप्यास्त्र प्रयोग गर्न सक्ने उनको भनाइ थियो ।

उनले आफ्नो मुलुक ठूलो परमाणुृ शक्ति बनेर स्थापित हुने दावी गर्दै अमेरिकाले कहिल्यै पनि उत्तर कोरियाविरुद्ध युद्ध गर्न नसक्ने बताए । उनले भने, ‘मैले ब्ल्याकमेल गरेको होइन, यो नै वास्तविकता हो ।’

सन् २०१७ मा उत्तर कोरियाले अनेक क्षेप्यास्त्र परीक्षण गरेको छ । अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद उसले निरन्तर परमाणु कार्यक्रमलाई अघि बढाइरहेको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्