
नेपाली टोपीको संरक्षण र पहिचानलाई अभिवृद्धि गर्ने उद्देश्यले टोपी दिवस मनाउन थालिएको हो ।
नेपाली टोपीको महत्व दर्शाउन र अन्तर्राष्ट्रिय रुपमा नेपाली टोपीको प्रबद्र्धन गर्ने उद्देश्यले यो दिवस मनाउन लागिएको हो ।
विगत केही वर्षदेखि जनवरी १ अर्थात् अंग्रेजी नयाँ वर्षको पहिलो दिनलाई अन्तर्राष्ट्रिय टोपी दिवसको रुपमा मनाउन थालिएको हो ।
टोपी दिवसका अवसरमा जागरुक युवा अभियान नेपालको आह्वानमा काठमाडौंको माइतीघर मण्डलामा भेला भएका युवा युवतीले ¥यालीसमेत निकालेका छन् ।
ढाका र भादगाउँले टोपीमा सजिएर भेला भएका युवायुवतीले नेपाली टोपीको प्रवद्र्धनका लागि विभिन्न प्लेकार्ड बोकेर शहरका विभिन्न भागका परिक्रमा गरेका थिए ।
यसैगरी पर्यटन पत्रकार संघ नेपाल र राष्ट्रिय पर्यटन पत्रकार संघले पनि काठमाडौंको बसन्तपुरमा एक कार्यक्रम गरी टोपी दिवस मनाएका छन् ।
जंगबहादुर राणाकी बहिनी डम्बरकुमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलोपटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्हरुको भनाई छ ।
नेपाल बाहिर रहेका नेपाली र नेपाली भाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन् । विशेषतः भाद्गाउँले टोपी र ढाकाटोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ ।
तर नेपालका विभिन्न समुदायले पनि आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन् ।
टोपी दिवसको अवसरमा देशका विभिन्न जिल्लामा पनि कार्यक्रम गरिएका छन् ।
प्रतिक्रिया दिनुहोस्