२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


प्रदेश राजधानी माग गर्दै क्षेत्रीय प्रशासन कार्यालय घेराउ


0
Shares

१८ दिनयता विभिन्न चरणबद्ध आन्दोलनमा उत्रेका स्थानीयले सदरमुकामका बजार र पसल बन्द गराएर धर्ना दिएका हुन् ।

धनकुटा प्रदेशसभा ‘क’बाट निर्वाचित सदस्य निरन राईको नेतृत्वमा सदरमुकामस्थित मदनचोकबाट नारा–जुलुससहित पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालय पुगेर प्रवेशको प्रयास गरेका आन्दोलनकारीलाई सुरक्षाकर्मीले गेटमै रोकेका थिए ।

क्षेत्रीय प्रशासक राजेश्वरमान सिंह संयोजकत्वको पूर्वाधार सिफारिस समितिले हचुवाका भरमा धनकुटामा रहेका पूर्वाधारको विवरण मन्त्रिपरिषदमा पठाएको भन्दै उनीहरुले नाराबाजी गरेका थिए ।

त्यसपछि आन्दोलनको नेतृत्वकर्तालाई भित्र बोलाएर पूर्वाञ्चल क्षेत्रीय उपप्रशासक सेवन्तराज दाहालले सातओटा मन्त्रालयका लागि उपयुक्त पूर्वाधार रहेकोबारे सिफारिस गरिएको स्पस्ट पारे ।

आन्दोलनकारी मध्याह्न १२ देखि १ बजेसम्म पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालयबाहिर धर्नामा बसेका थिए ।