१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


पाँचौं राष्ट्रिय पोल्ट्री दिवसः ‘मासुमा देशलाई आत्मनिर्भर गराउन सकिन्छ’


0
Shares

वि.सं. २०१७ पुस १७ गते बाराको परवानीपुरमा सेन्ट्रल ह्याचरी स्थापना भएको दिनलाई आधुनिक पोल्ट्रीको सुरुआत मानेर २०७० सालदेखि पोल्ट्री दिवस मनाउन थालिएको हो ।

सोमबार पूर्वी चितवनको रत्ननगर आयोजित कार्यक्रममा पोल्ट्री व्यवसायीहरुले राज्यले सहयोग गरे छिट्टै मासुमा देशलाई आत्मनिर्भर गराउन सकिने बताए ।

कार्यक्रममा पशुपंछी विकास मन्त्रालयका सचिव विश्वनाथ ओलीले देश अन्डामा आत्मनिर्भर भएकाले अब मासु र दूधमा आत्मनिर्भर बनाउने दिशामा लाग्न व्यवसायीहरुलाई आग्रह गरे ।

यस्तै, पछिल्लो समयमा तीव्र खन्डीकरण र जग्गाको मूल्य अधिक हुँदा लगानी गर्ने व्यवसायीहरु निरुत्साहित हुन थालेको ह्याचरी संघका केन्द्रीय अध्यक्ष टिकाराम पोखरेलले बताए ।

केही वर्षअघिसम्म हप्तामा २ लाख चल्ला बिक्री गर्ने व्यवसायीहरुले अहिले हप्तामा २५ लाख चल्ला बिक्री गर्दै आएका छन् ।

पोल्ट्री व्यवसायमा भित्रिएको लगानी र प्रविधिले यसको दायरालाई बढाउँदै लगेको ह्याचरी उद्योग संघ चितवनका अध्यक्ष ज्ञानबहादुर बिसुरालले बताए ।

देशको कुल ग्राहस्थ उत्पादनको करिब ४ प्रतिशत योगदान अहिले पोल्ट्री क्षेत्रको रहेको छ ।

पोल्ट्री व्यवसायमा ८० अर्ब रुपैयाँको लगानी रहेको बताइन्छ । यो क्षेत्रमा १ लाख ५० हजार व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् ।

सबैजसो उपभोग्य वस्तुहरु आयात गर्ने नेपाल अन्डामा भने आत्मनिर्भर बनेको छ । गत वर्ष कुल उत्पादन र देशको जनसंख्याको हिसाब गर्दा नेपालमा प्रतिव्यक्ति प्रतिवर्ष ३३ ओटा अन्डा उपलब्ध थियो ।

हाल सो उत्पादनमा ४६ प्रतिशतभन्दा बढी उत्पादन गरी नेपाल अन्डा उत्पादनमा आत्मनिर्भर बनेको हो । गत तीन वर्षदेखि हाँस र कुखुराको अन्डा उत्पादनमा लगातार वृद्धि भएको तथ्यांकमा उल्लेख छ ।