
पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वमा विज्ञ समूह बनाइएको थियो ।
सोमबार पहिलोपटक बसेको उक्त समूहले सर्वसाधारणसँग पनि सुझाव मागेर थप काम गर्नुपर्ने निष्कर्ष निकालेको समूहका संयोजकसमेत रहेका काठमाडौं महानगरपालिकाका प्रशासकीय अधिकृत धनीराम शर्माले जानकारी दिए ।
विवादमा रहेको रानीपोखरी पुनः निर्माणका लागि गत बिहीबार प्रताप मल्लकालीन शैलीमै बनाउने निर्णय गर्दै विज्ञ समूह निर्माण गरिएको थियो ।
रानीपोखरी पुनः निर्माणबारे सर्वसाधारणसँग विचार लिनका लागि मंगलबार (भोलि) सूचना निकालिने र सूचना पाँच दिनका लागि रहने पनि शर्माले बताए ।
वि.सं. २०७२ को भूकम्पले पूर्णरुपमा ऐतिहासिक रानीपोखरी र बालगोपालेश्वर मन्दिरमा क्षति पुगेको थियो ।
क्षतिग्रस्त पोखरी पुनःनिर्माण सुरु भएको लामो समय बितिसक्दा पनि कंक्रिट हालेको भन्दै सम्पदाविद्ले विरोध गरेपछि काम अघि बढ्न सकेको छैन । रासस
प्रतिक्रिया दिनुहोस्