
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य स्थीर रही तोलाको ५५ हजार ९०० रुपैयाँमा नै कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य आइतबार तोलामा २०० रुपैयाँले उकालो लागेर तोलाको ५५ हजार ९०० रुपैयाँ कायम भएको थियो ।
सोमबार चाँदीको भाउ पनि स्थीर रहेर तोलाको ७५० रुपैयाँमा नै कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सोमबार साँझसम्म सुन प्रतिऔंस १३ सय ९ डलर हाराहारीमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्