Logo १६ पुस २०८२, बुधबार | Wed Dec 31 2025


राजमार्ग अवरुद्ध गरेपछि अश्रुग्यास प्रहार गरी प्रहरीले खुलायो बाटो


0
Shares

                                                       फाइल तस्वीर

धुलिखेल नगरपलिका–११ स्थित पात्लेखेतमा अश्रुग्यास प्रहारपछि अरनिको राजमार्ग सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी उपरीक्षक सहकुल थापाले जानकारी दिए ।

‘दुर्घटनामा मृत्यु भएपछि क्षतिपूर्तिको कुरा नमिलेका कारण स्थानीयवासीले राजमार्ग बन्द गरेका थिए, त्यसलाई खुलाउन अश्रुग्यास प्रहार गरेका हौँ,’ प्रहरी उपरीक्षक थापाले भने ।

आइतबार काठमाडौँबाट ओखलढुंगा जाँदै गरेको बा३ख ५९५५ नम्बरको यात्रुवाहक बसले बाटो काट्न लागेका अवस्थामा ठक्कर दिएर गम्भीर घाइते भएकी नमोबुद्ध नगरपालिका–१ निवासी ३७ वर्षीया फूलमाया तामाङको उपचारका क्रममा धुलिखेल अस्पतालमा सोमबार मृत्यु भएको थियो ।

प्रहरीले क्षतिपूर्तिका विषयमा कुरा नमिलेका कारण स्थानीयवासीले राजमार्ग अवरुद्ध गरेको बताएको छ भने स्थानीयवासीले व्यवसायी छलफलका लागि वार्तामा नबसेका कारण दबाबस्वरुप राजमार्ग अवरुद्ध गरेको बताएका छन् ।

राजमार्ग अवरुद्ध भएपछि केहीबेर अरनिको राजमार्ग हुँदै सञ्चालन हुने सवारी साधन सञ्चालन भएका थिएनन् ।

स्थानीयवासी गौरी लामाका अनुसार दवावस्वरुप प्रदर्शनमा उत्रेका स्थानीयवासीमाथि प्रहरीले दमन गरेको छ भने वार्ताका लागि तयारी भइरहेको छ । (रासस)