अर्ग्यानिक कृषितर्फ नेपालीको आकर्षण बढ्दो, कृषि फार्म हेर्नेको घुईंचो (भिडियो) • Image Khabar Image Khabar


अर्ग्यानिक कृषितर्फ नेपालीको आकर्षण बढ्दो, कृषि फार्म हेर्नेको घुईंचो (भिडियो)


Imagekhabar
१८ पुष २०७४, मंगलवार १२:४१

अर्ग्यानिक कृषितर्फ नेपालीको आकर्षण बढ्दो, कृषि फार्म हेर्नेको घुईंचो (भिडियो)

काठमाडौंको कपनस्थित आकाशेधारामा खोलिएको अर्ग्यानिक कृषि फार्म अवलोकन गर्न धेरै मानिस पुग्ने गरेका छन् ।

राजधानीको धुँलो धुँवाबाट आजित भएकाहरु मात्र हैन, जाडोबाट राहतको महसुस गर्न अहिले यो अर्ग्यानिक फार्ममा धेरै पुग्ने गरेका छन् ।

एकातिर भैंसी र गाई गोठ छ भने अर्कोतिर बाख्रा र कुखुरापालन गरिएको छ । गाई, बाख्रा, भैंसी र कुखुरापालनबाट उत्पादित मलले नै यहाँ अर्ग्यानिक खेती गरिएको छ ।

एउटा सुन्दर गाउँको जस्तै झल्को दिने यो अग्र्यानिक फार्ममा सबै सुविधा उपलब्ध छ ।

२५ रोपनीमा फैलिएको अर्ग्यानिक कृषि पर्यटनको बीचमा यसरी गाउँले पाराका भूकम्प प्रतिरोधात्क घर, देउराली घर, सोल्टीनी घर, ठूलदाईको घर छन् ।

यहाँ अग्र्यानिक दालभातदेखि लोकल कुखुरा र अग्र्यानिक परिकारको मज्जा लिन सकिन्छ ।

प्लाष्टिकको घरमा रासायनिक मलमुक्त गोलभेडा, लसुन, प्याज, च्याउ, काँक्रो, फर्सी, लौका, कुरीलोलगायतका तरकारी उत्पादन गरिएको छ ।

कपनको यो टारमा संगम र बन्दी शेर्पा दम्पतीले अग्र्यानिक खेति गरेका हुन् ।

जुन अग्र्यानिक फार्मलाई शेर्पाले अग्र्यानिक रिसोर्टको रुपमा बिस्तार गरेका छन् । यो फार्मले पर्यटकको ध्यान केन्द्रीत गर्नसमेत सफल भएको छ ।

‘पसिना आफ्नै देशमा बगाऔं’ भन्ने सन्देशसहित शेर्पा दम्पत्तिले अग्र्यानिक खेती शुरु गरेका हुन् ।

उनीहरुले अमेरिकाको भीसा थन्क्याएर आफ्दै देशमा केही गर्ने उद्देश्यले यो व्यवसाय शुरु गरेका हुन् ।

यो त एउटा नमुना कृषि फार्म मात्र हो । पछिल्लो समयमा नेपालमा अग्र्यानिक कृषि पर्यटनको सम्भावना बढ्दै गएको छ ।

अहिले रसायनयुक्त खाद्यबस्तुको सेवनबाट मानव स्वास्थ्यमा नकारात्मक असर पर्न थालेपछि मानिसहरु अग्र्यानिक बस्तु प्रयोगमा आकर्षित भएका छन् ।

तर, नेपालमा धेरै ठाउँमा अग्र्यानिक कृषि फार्म विस्तार गर्न सकिएको छैन । यही फार्ममा उत्पादित तरकारी काठमाडौंका ठूला होटलमा समेत पुग्ने गरेको छ ।

कृषिलाई पर्यटनसँगै लैजानुपर्ने सुझाव दिने शेर्पाको यो फार्ममा १२ जनाले रोजगारी पाएका छन् भने अग्र्यानिक कृषिको अध्ययन गर्न आएका बिदेशी स्वयंसेवकहरुले पनि सघाउने गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्