
केदार कटवाल/ईमेज
उदयपुर । चौदण्डीगढी क्षेत्र संरक्षणको अभावमा जिर्ण र भग्नावशेषका रुपमा परिणत हुँदै गएको छ ।
करिब तीनसय बर्ष पुरानो इतिहास बोकेको चौदण्डीगढी दरबारमा सरोकारवालाको चासो नदिंदा जिर्ण बन्दै गएको हो ।
सेन बंशको राज्य पाल्पा, मकवानपुर ,बिजयपुर हुँदै यसबाट अन्तिम पटक बिभाजित चौदण्डीगढी राज्यको सिमाना, उत्तरमा हिमालय पर्बत श्रृखला र माझ किराँत, पूर्वमा अरुण नदी, पश्चिममा कमला र दक्षिणमा भारतको अहिलेसम्मको सीमासम्म फैलिएको थियो ।
पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्ने अभियानमा अभिमान सिंह बस्नेतको नेतृत्वमा स्वरुपस्रिह कार्की र हरिनन्दन उपाध्यायको सहयोगमा गोर्खाली फौजले बिजय प्राप्त गरेका थिए ।
देशभरका करिब दुईसय गढी मध्येको एक चौदण्दीगढी दरबारको संरक्षण सम्बद्र्धन र जिर्णोदारमा संघीय, प्रदेस र स्थानिय सरकारले चासो नदिंदा पर्यटन बर्षका लागि घुम्नै पर्ने एकसय स्थानमा समेत छनौट हुन नसकेको स्थानीयको गुनासो छ ।
करिब १६ सय बर्गमिटरमा फैलिएको दरबारको भग्नावशेषको रुपमा अझैपनि दरबारको चर ६ देखि ८ मिटर उचाइ हेको छ ।
दरबार निर्माणमा प्रयोग भएका ढुङ्गाहरु ५ देखि ७ फिट लामा ,३ फिट उचाइ र ४ फिटसम्म चौडाइ रहेका छन ।
यसबाहेक नाग दह, पाल्पाली र रानिटार समेत यसका सहायक स्थल हुन् ।
दरबार क्षेत्रबाट उत्तरतर्फ देखिने हिमालय पर्बत श्रृखला ,ताप्लेजुङदेखि खम्बु क्षेत्रको मनोरम दृश्य र साँझको समयमा दक्षिणतर्फ नेपाल लगायत भारतका विभिन्न सहरका दृश्याबलोकन गर्न सकिन्छ ।
सरकारले सहयोग नपाएपछि स्थानीयको सक्रिय सहभागिताले मात्र संरक्षण गरी प्रचार प्रसारको अभावमा पर्यटक भित्त्र्याउन नसकीएको स्थानीयको गुनासो छ ।
प्रतिक्रिया दिनुहोस्