डोटीमा चर्कियो आन्दोलन, राजधानी माग्दै हड्ताल • Image Khabar Image Khabar


डोटीमा चर्कियो आन्दोलन, राजधानी माग्दै हड्ताल


Imagekhabar
१९ पुष २०७४, बुधबार १०:२२

डोटीमा चर्कियो आन्दोलन, राजधानी माग्दै हड्ताल

रचनात्मक दबाब सरकारले सुन्ने छाँटकाँट नदेखिएपछि हड्तालमा उत्रन बाध्य भएको संघर्ष समितिका संयोजक डोटी उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले बताए ।
सरकारले दिपायलको पक्षमा निर्णय नगरेसम्म हड्ताल ‘अनिश्चितकालिन’ रहने उनले बताए ।

मंगलबार प्रधानमन्त्री एवं मन्त्रिपरिषदको कार्यालय तथा सहरी विकास मन्त्रालयले प्रदेश नम्बर ७ को राजधानी धनगढी तोक्ने तयारीसहितको खाका बनाईरहेको समाचार बाहिरिएको थियो । सो समाचारपछि यहाँका बासिन्दा झन आक्रोशित देखिएका हुन् ।

बुधबार बिहानैदेखि सडक, बजार सबै बन्द गरिएका छन् । जसले गर्दा डोटी हुँदै सुदूरपश्चिमका पहाडी जिल्ला र तराई जिल्लातर्फ जाने सवारी साधन ठप्प भएको छ । हज्जारौं स्थानीयबासी ठाउँठाउँबाट सडकमा उत्रिएर बिरोध जनाउन शुरु गरेका छन् । दिउँसो सरकारी कार्यालय, विद्यालय लगायतका सबै कार्यालय समेत ठप्प पारिने संघर्ष समितिले जनाएको छ ।

यस्तै सुदूरपश्चिमका सातवटै पहाडी जिल्लालाई तराईसँग जोड्ने भिमदत्त राजमार्गसमेत अवरुद्ध पारिने संघर्ष समितिको योजना छ ।

प्रतिक्रिया दिनुहोस्