खोटाङ, पुस १९ । खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसी बजारमा आगलागी हुँदा चारवटा घर जलेर ध्वस्त भएका छन् ।
सोमबार राती भएको आगलागीमा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका मगम राई, उचितबहादुर राई, तम्बराज राई र अम्बराज राईको घर पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
मगम राईको घरबाट आगलागी सुरु भएको बताइएको छ । आगलागीमा अरु चार वटा घरमा सामान्य क्षति भएको छ ।
सोमबार साँझ साढे ७ बजेदेखि शुरु भएको आगोले प्रकाशचन्द्र गिरी, रेगिन्द्र राई, गोपिन राईलगायतको घरमा आंशिक क्षति पुगेको हो ।
इलाका प्रहरी कार्यालय हलेसीको टोली र स्थानीयको प्रयासमा साढे तीन घण्टापछि आगलागी नियन्त्रणमा लिइएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।










प्रतिक्रिया दिनुहोस्