ट्रम्पले दिए प्यालेस्टाइनलाई आर्थिक सहयोग बन्द गर्ने चेतावनी • Image Khabar Image Khabar


ट्रम्पले दिए प्यालेस्टाइनलाई आर्थिक सहयोग बन्द गर्ने चेतावनी


Imagekhabar
१९ पुष २०७४, बुधबार ११:२०

ट्रम्पले दिए प्यालेस्टाइनलाई आर्थिक सहयोग बन्द गर्ने चेतावनी

राष्ट्रपति ट्रम्पले इजरायलसँगको शान्ति वार्ता अगाडि नबढाए प्यालेस्टाइनलाई आर्थिक सहयोग रोक्ने चेतावनी दिएका हुन् ।

अमेरिकाले इजरायलको राजधानी जेरुसेलमलाई तोकिदिएपछि प्यालेस्टाइन नेताहरुले अमेरिकी मध्यस्थतामा हुने शान्तिवार्ता अस्वीकार्य हुने बताउँदै आएका छन् ।

त्यसैको प्रतिक्रियास्वरुप राष्ट्रपति ट्रम्पले प्यालेस्टाइनलाई आर्थिक सहयोग बन्द गर्ने चेतावनी दिएको बताइएको छ ।

ट्रम्पले गत डिसेम्बरमा जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिने निर्णय गरेका थिए । उनको निर्णयलाई संयुक्त राष्ट्र संघले भने अस्वीकार गरिसकेको छ ।(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्