
राष्ट्रपति ट्रम्पले इजरायलसँगको शान्ति वार्ता अगाडि नबढाए प्यालेस्टाइनलाई आर्थिक सहयोग रोक्ने चेतावनी दिएका हुन् ।
अमेरिकाले इजरायलको राजधानी जेरुसेलमलाई तोकिदिएपछि प्यालेस्टाइन नेताहरुले अमेरिकी मध्यस्थतामा हुने शान्तिवार्ता अस्वीकार्य हुने बताउँदै आएका छन् ।
त्यसैको प्रतिक्रियास्वरुप राष्ट्रपति ट्रम्पले प्यालेस्टाइनलाई आर्थिक सहयोग बन्द गर्ने चेतावनी दिएको बताइएको छ ।
ट्रम्पले गत डिसेम्बरमा जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिने निर्णय गरेका थिए । उनको निर्णयलाई संयुक्त राष्ट्र संघले भने अस्वीकार गरिसकेको छ ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्