
खुल्ला अर्थव्यवस्थाको नीति लिने तर उत्पादन प्रवद्र्धनमा जोड नदिने गर्दा मुलकको अर्थतन्त्रमै असर पर्न थालेको विज्ञहरुको मत छ ।
निर्यात गर्न नसक्ने तर आयातमा झन् बढी निर्भर रहने बाटोमा हिंड्दासम्म विकासको अवसरबाटै बञ्चित रहनुपर्ने निष्कर्ष उनीहरुको छ ।
नेपाल आर्थिक पत्रकार समाज, सेजनले गरेको कार्यक्रममा सीएनआईका अध्यक्ष हरिभक्त शर्माले मुलुकमा आर्थिक विकासको ठूलो सम्भावना हुँदाहुँदै पनि सरकारी लापरवाहीका कारण मुलुकले ठूलो घाटा ब्यहोरिरहेको गुनासो गरे ।
उनले ३० देखि ५० प्रतिशत नीति उद्योगधन्दालाई असहज बनाउने खालका रहेको बताए ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.शंकर शर्माले आर्थिक नीतिमा सुधार नहुँदासम्म विकासको परिकल्पना पूरा नहुने भन्दै यसमा गम्भीर बन्न सरकारलाई सुझाए ।
शर्माले अब बन्ने सरकारले स्वदेशी उद्योगको विकास र निर्यातका लागि आवश्यक वातावरण बनाउनुपर्नेमा जोड दिए ।
उत्पादकत्व बढाउँदै व्यापार घाटा कम नगर्दासम्म मुलुकको समृद्धिको सपना पूरा हुन नसक्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्