
राष्ट्रपति ट्रम्पले बुधबार ट्वीट गर्दै आफूसँग भएको बटन ठूलोमात्र होइन, यसले काम पनि गर्ने प्रस्ट गरेका छन् ।
‘उत्तर कोरियाली नेता किम जोङ उनले सधैं मसँग न्यूक्लियर बटन हुन्छ भनेछन्, उनको भोकमरीमा बाँचिरहेको तानाशाही शासनका कोही हुनुहुन्छ भने जानकारी गराइदिनू, मसँग उनकोभन्दा ठूलो र शक्तिशाली न्यूक्लियर बटन छ र यसले काम गर्छ’–ट्रम्पले आफ्नो ट्वीटमा उल्लेख गरेका छन् ।
यसअघि नयाँ वर्षको अवसरमा सम्बोधन गर्दै उत्तर कोरियाली शासक किमले आफ्नो टेबलमा परमाणु मिसाइलको बटन भएको भन्दै अमेरिकालाई चेतावनी दिएका थिए ।
यसैबीच, ट्रम्पले अर्को ट्वीटमा सबैभन्दा अनुशासनहीन र भ्रष्ट मिडिया वर्ष पुरस्कारको घोषणा गर्न लागेको पनि उल्लेख गरेका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्