‘भोटाहिटी र रानीपोखरीबीच सम्बन्ध’ (भिडियो) • Image Khabar Image Khabar


‘भोटाहिटी र रानीपोखरीबीच सम्बन्ध’ (भिडियो)


Imagekhabar
१९ पुष २०७४, बुधबार १८:०५

‘भोटाहिटी र रानीपोखरीबीच सम्बन्ध’ (भिडियो)

रानीपोखरी पुनःनिर्माण लागि अध्ययन गर्न गठित विज्ञ समूहले बुधबार पोखरीको पुरातात्विक उत्खनन् गर्नेक्रममा पोखरी र भोटाहिटीबीच सम्बन्ध देखिएको जनाएको हो ।

कमलाक्षीमा रहेको लिच्छविकालीन चखुँहिटी, जमलको तीनधारा, सुन्धारा, पुरानो बसपार्क र टँुडिखेलसँग पनि रानीपोखरीको सम्बन्ध रहेको पाइएको विज्ञ समूहले जनाएको छ ।

समूहका संयोजक विष्णुराज कार्कीले सो विषयमा पुरातात्विक र ऐतिहासिक अध्ययन अनुसन्धान हुनुपर्ने बताए ।

पोखरीको पुरातात्विक उत्खनन् गर्नेक्रममा बुधबार माछाकाँडे शैलीमा पोखरीको बाहिरी पर्खालसमेत पत्ता लागेको जनाइएको छ ।

पोखरीभित्रको पुरातात्विक महत्वका इँटालगायतका सामग्री नस्ट गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्ने पनि अभियन्ताहरुले बताएका छन् ।

हाल भोटाहिटीमा अन्डरग्राउन्ड सबवे, चखुँहिटी कमलाक्षीस्थित आरसीटी बिल्डिङको तल र तीनधारा जमलको तीनधारा पाठशालाभित्र रहेका छन् ।

मंगलबार पोखरीको पश्चिम किनारामा उत्खनन् गर्दा सतहदेखि तीन फिट तल पानी फेलापरेको थियो ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्