 
	    बुधबार सातदोबाटोस्थित एन्फा कम्लेक्सको खेल मैदानमा भएको खेलमा सशस्त्रले मध्यमाञ्चल विकास क्षेत्रलाई १४–० ले पराजित गर्यो ।
सशस्त्रको जितमा सावित्रा भण्डारी एक्लैले ८ गोल गरिन् । सावित्राले यसअघि भएको पहिलो खेलमा मध्यपश्चिमाञ्चल विकास क्षेत्रविरुद्ध १२ गोल गरेकी थिइन् ।
त्यसैगरी, रेखा पौडेल र अनिता केसीले समान २/२ तथा रेनुका नगरकोटी र अनिता बस्नेतले समान १/१ गोल गरे ।
बुधबारै भएको अर्को खेलमा आर्मीले मध्यपश्चिमाञ्चल विकास क्षेत्रलाई १२–० ले पराजित गर्दै सुपर लिगमा ठाउँ बनाएको हो ।
आर्मीका लागि सपना लामा र शर्मिला थापा मगरले समान ४/४ तथा दीपा राई र कृष्णा खत्रीले २/२ गोल गरे ।
जारी प्रतियोगितामा विभागीय टिम नै हावी हुँदै आएका छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्