
बजार परिसूचक नेप्से २० अंकले झरेर १४ सय १६ मा आएर थामियो ।
यसदिन कारोबार भएका सबै समूह ओरालो लागे । बिमा समूहमा सबैभन्दा उच्च १ सय ३४ अंकको गिरावट आयो । होटल समूहमा २९ अंक अनि जलविद्युत् र लघुवित्त समूहमा पनि २६/२६ अंकको कमी आयो । विकास बैंक र वाणिज्य बैंक समूह पनि दोहोरो अंकले झरे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १५५ कम्पनीका ८ लाख ९० हजार कित्ता सेयर साढे ४४ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्