२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


आहा ! कति रमाइलो इलाम (१० तस्वीर)


13
Shares

जाडो बढेसँगै इलाम घुम्न आउने पर्यटकहरू आउने क्रम बढ्न थालेको हो । पर्यटकहरू आउने क्रमसँगै होटल व्यवसायीहरूलाई पाहुना कसरी धान्ने भन्ने चिन्ता थपिएको छ ।

जिल्लाका प्रमुख पर्यटकीयस्थलमा पर्याप्त होटल र होमस्टे पनि व्यवस्थित नहुँदा पर्यटकहरूलाई कसरी सुविधा दिने भन्ने चिन्ता थपिएको हो ।

सन्दकपुर, पशुपतिनगर, कन्याम, अन्तु, माइपोखरी, जौबारी र पाथीभरालगायतमा यतिबेला पर्यटकको चाप बढ्न थालेको छ ।

Ilam2

मुख्य पर्यटकीयस्थल मानिने जिल्लाकै अग्लो डाँडा सन्दकपुर मा अहिले दिनहुँ दुईसय भन्दा बढी पर्यटक आउँदा स्थानीय होटलले थाम्न सकेका छैनन् ।

भारतीय सीमावर्ती सन्दकपुरमा एउटा अलि ठूलो र अन्य दुई साना होटल छन् ।

दार्जिलिङको हड्तालका कारण गत वर्षको तुलनामा पर्यटकहरूको संख्यामा केही कमी भए पनि दैनिक रूपमा पर्यट्क आउने क्रम जारी छ ।

पर्यटकीय सिजन भएकाले देश विदेशबाट आउने पर्यटकको चापका कारण होटलहरु पनि भरिभराउ छन् ।

सन्दकपुरमा भारतपट्टि दर्जनभन्दा बढी होटल छन् । सन्दकपुर आउने नेपाली पर्यटक वासका लागि होटल नपाउँदा महँगा भारतीय होटलमा बस्नुपरेको गुनासो गर्छन् ।

Ilam1

‘होटल पाइन्छ होला भनेर आइहालियो । कतै नेपाली होटल नपाएर महँगो भारतीय होटलमा बस्नुपर्‍यो’, सन्दकपुरमै भेटिएका पर्यटकहरुको गुनासो रहेको थियो ।

नेपालतिर होटलहरू भए सस्तो मा बस्न पाईने थियो की भन्ने उनीहरु को भनाई थियो ।

यहाँ आएका प्रायः नेपाली पर्यटक होटलमा वास नपाएर निकै तलका चौँरी र भेडीगोठतिर बासका लागि झर्ने गरेका छन् ।

Ilam4

सन्दकपुरबाट सर्वोच्च शिखर सगरमाथा, कञ्चनजंघा, कुम्भकर्णलगायत नेपाल, भारत र भुटानका ६० भन्दा बढी हिमचुचुरा १८० डिग्रीमा हेर्न सकिन्छ। यहाँबाट सूर्योदय र सूर्यास्त हेर्न पनि पर्यटकको भीड लाग्छ।

सूर्योदयका लागि प्रख्यात अन्तु डाँडामा पनि यतिबेला पर्यटक खचाखच छन् ।

मेची पहाडी क्षेत्र पर्यटन विकास समितिले गत वर्ष नयाँ भ्यू टावर बनाइदिएपछि सूर्योदयको दृश्य हेर्न अन्तु आउने पर्यटकको संख्या बढ्दो छ ।

अन्तु पर्यटन विकास समितिका अध्यक्ष एवम् होमस्टे सञ्चालक धनकुमार आलेले दिनहुँ करिब डेढ सय पर्यटक यहाँ आइरहेको बताए ।

Ilam3

जिल्लामा लामो समयदेखि होमस्टे व्यवस्थापन गरिएको अन्तुमा व्यवस्थित होमस्टेचाहिँ करिब तीन दर्जन घरमा मात्रै छ। गाउँभर पर्यटक खचाखच छन ।

यहाँ आउने पर्यटक कन्याममा रहेको कन्याम इनलगायत फिक्कल, हर्कटे र सदरमुकामका होटल पुगेर वास बस्छन् ।

चियाबारी घुम्न, कञ्चनजंघा हिमाल हेर्न र स्थानीय अग्र्यानिक उत्पादनको स्वाद चाख्न कन्याममा पर्यटक आउने गरेका छन्

ilam9

कन्याम का स्थानीय ‘कन्याम इन’ होटलका सञ्चालक टीका ओडारीले कन्याम अहिले पर्यटकले भरिएको बताए । ‘कतिपय पर्यटक यतै बस्छन्, कतिपयचाहिँ वासका लागि सदरमुकामसम्म पुग्छन्’, उनले भने ।

अहिले मौसम अत्यन्त सुन्दर हुने बेला भएकाले पर्यटक एकै पटक निकै आएको उनको भनाइ छ ।

जिल्लाकै माइपोखरी, टोड्के झरना, छिन्टापुलगायत पर्यटकीयस्थलमा पर्यटक आउने क्रम सुरु भएको छ ।

ilammm

ilam10

 

antuuu

photooo1