२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


प्रदेश राजधानीको माग गर्दै डोटीमा आन्दोलन चर्कियो, डोटीविरुद्ध बोल्नेलाई खबरदारी


0
Shares

एक हप्तासम्म शान्तिपूर्णरुपमा भैरहेको ‘दबाबमूलक’ आन्दोलन बुधबार बिहानैबाट हड्तालमा परिणत भएकोे थियो । राजधानीको माग गर्दै डोटीमा नौ दिनदेखी लगातार आन्दोलनका कार्यक्रमहरु भैरहेका छन् ।

आन्दोलको नवौँ दिन आज नेकपा माओबादी केन्द्रका पोलिटव्यूरो सदस्य तथा प्रदेश नं. ७ का ईन्चार्ज लेखराज भट्टको क्षेत्रीय प्रशासन कार्यालय तथा डोटीका बिभिन्न ठाउँहरुमा पुत्ला दहन गर्ने तयारी भैरहेको छ ।

कैलाली क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य समेत रहेका भट्टले राजधानीका लागि डोटी उपयुक्त नभएको भन्दै कैलालीको अत्तरीयालाई राजधानी बनाउने धारणा राख्दै आएका छन् ।

डोटेली जनता आन्दोलीत भैरेका बिहिबार विहान धमलाको नेपाली वहसमा बोल्दै डोटीमा १५ जना सांसद राख्ने ठाउँ नभएको र डोटी राजधानीका लागि कुनै पनि हालतमा उपयूक्त हुन नसक्ने भएको भन्दै अत्तरिया राजधानी बनाउने अभिव्यक्ति दिएकाले आफुहरुले आफ्नै पार्टीका नेता भट्टको पुत्ला दहन गर्ने तयारी गरेको माओबादी केन्द्र डोटीका नेता तेज डुम्रेलले बताए ।

नेता डुम्रेल राजधानीको माग राख्दै बिगत देखि नै आन्दोलनमा सामेल छन् ।

putla 2

बामगठबन्धन नभए डोटीबाट चुनाव लड्ने तयारी गरेका नेता लेखराज भट्ट डोटी गडसेराका स्थायी बासिन्दा समेत रहेको भन्दै थुप्रै आधरहरु भएको डोटीबाट डोटेली जनताको अधिकार खोसिने गरी डोटी बिरुद्ध बोलीरहेको डोटीबासिको आरोप छ ।

लेखराज भट्टको मात्रै नभएर डोटीका बिरुद्ध बोल्ने र निर्णय गर्ने जोकोही नेताको पुत्ला दहन गर्ने संघर्ष समितिले जनाएको छ ।

बिहीबार बिहानै देखि निस्किएको जुलुस तथा ¥यालीहरुले ठाउँठाउँमा टायर बाल्ने तथा जनप्रदर्शन गर्दै आइरहेकाछन् ।

डोटी प्रवेशद्धारमा रुखहरु ढालेर सडक अबरुद्ध पार्दै पहाडी जिल्लाहरुको यातायात पूर्ण रुपमा अबरुद्ध पारिएको छ ।

जसले डोटी सहित अछाम र बाजुराबाट तराईका जिल्लातर्फ जाने र तराईबाट पहाड उक्लने सवारी साधनहरु पूर्ण रुपमा ठप्प रहे ।

यस्तै आजैबाट सुदूरपश्चिमका पहाडी सातवटा जिल्ला जोड्ने एकमात्र द्वार भिमदत्त राजमार्गलाई बुडरमा अबरोध गर्ने आन्दोलनकारीहरुले जनाएका छन् ।

आन्दोलनकारीहरुले सरकारी तथा गैह्रसरकारी कार्यालय, विद्यालय, बजारहरु समेत खुल्न दिएका छैनन् ।

बुधबार बिहानैदेखी दिनभर दिपायल, सिलगढी, गोपघाट लगायतका बजारहरुमा जनप्रदर्शन समेत गरिएका छन् ।

यसैबीचमा संघर्ष समितिले क्षेत्रीय प्रशासन कार्यालय लगायतका सरकारी क्षेत्रीय कार्यालयहरुमा तालाबन्दी समेत गरेको छ ।

जनप्रदर्शनमा चर्का नाराहरु लगाईएका थिए । ‘हाम्रो रचनात्मक दबाब सरकारले सुन्ने छाँटकाँट देखिएन ।

उल्टै अनेकथरी खबरहरु बाहिरिन थाले,’ संघर्ष समितिका संयोजक डोटी उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले भने,‘त्यसैले अब हामी सशक्त आन्दोलनमा उत्रिन बाध्य भएका छौ ।’

मंगलबारसम्म रचनात्मक रुपमा रहेको आन्दोलन बिहिबार आमहड्तालसंगै उग्र समेत बन्दै गएको छ । आन्दोलन नेतृत्वको नियन्त्रणबाहिर पनि जान थालेको छ ।

दिपायलमा प्रदर्शन गरिरहेको एक भीडले बुधबार क्षेत्रीय प्रशासन कार्यालय र सहरी बिकास तथा भवन निर्माण डिभिजन कार्यालय दिपायलमा ढुंगामुडा समेत गरेका थिए ।

ढुंगामुडाबाट सहरी बिकास तथा भवन निर्माण डिभिजन कार्यालयका केही सिसाहरु टुटफुट भएका छन् ।

प्रदर्शनकै क्रममा आन्दोलनकारीहरुले सरकार तथा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने नेताहरु बिरुद्ध समेत नाराबाजी गरेका छन् ।

हातहातमा लठ्ठी बोकेर आएका आन्दोलनहरुले पचासौ ठाउँमा टायरहरु बालेका छन् । जसले बाताबरण दुर्गन्धित बनाएको छ ।

उता सिलगढीमा आन्दोलनकारीहरुले आन्दोलनको अवज्ञा गरेको भन्दै एक मोटरसाईकलमा समेत आगो लगाएर ध्वस्त बनाईदिएका छन ।

दिपायललाई प्रदेशको राजधानी माग्दैआएका यहाँका बासिन्दाले राजधानी मागमात्रै नभएर आफ्नो अधिकार रहेको बताउदै आएका छन् ।

doti2